नेकपा एकीकृत समाजवादी भन्छः यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न, संशोधन नगरी हुन्न

काठमाडौं। नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ। पार्टीका प्रवक्ता जगनाथ खतिवडाले भनेका छन्, ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न। संशोधन नगरी हुन्न।’

यद्यपी सबैबीच सहमति जुटेको खण्डमा भने अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय पार्टीले गरेको उनको भनाइ छ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ। ‘संसद अवरोध हट्नुपर्छ। एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button