नेकपा एसप्रतिको आकर्षण देखेर विरोधीहरुको मानसिक सन्तुलन गुमेको छ : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरुको मानसिक सन्तुलन गुमेको बताएका छन् ।
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौँ जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका हुन् ।
“एमाले अध्यक्ष ओली गठबन्धन तोड्न लागिपरेका छन् ।“हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गुमाउन पुगेका छन्,” उनले भने ।”