नेकपा नेता नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ दलका नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका सुरक्षा अधिकारी (पीएसओ)सहित ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेता नेपालका पीएसओ र सशस्त्र प्रहरीको पछुवा गाडीका चालकसहित सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार गत बिहीबार संकलन गरिएको स्वाबको परीक्षणका क्रममा ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

नेता नेपालको परिवार र सचिवालयका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए ।

यसअघि नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको थियो । तर, अध्यक्ष प्रचण्डसहित परिवारका सदस्य र उनको सचिवालयका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button