नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकाे आज ११ बजे केन्द्रीय कमिटी बैठक बस्दै छ ।

बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने साहले बताए।

यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो । दाहाल–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा छ।

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनः स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि अहिलेसम्मकै ठूलो विरोधसभा गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button