नेकपा महासचिव बिष्णु पौडेल अर्थमन्त्री बने

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल अर्थमन्त्री बनेका छन्।
नेकपा महासचिव पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थमन्त्रीमा नियुक्त गरेकी छन्।
त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।
महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन्।
उपप्रधानमन्त्री इश्वर पोखरेललाई भने जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफूसँगै राखेका हुन।