नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १० दिन पछि

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उनका अनुसार अर्को बैठक १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो। बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।