नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । शनिवारका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

शुक्रबार नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति पछि आजका लागि बैठक बोलाइएको थियो।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको बताइएको छ।

आज बस्ने भनिएको बैठक स्थगित भएपछि सचिवालय सदस्य बैठक आइतबार ४ बजे बस्ने छ। बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेपछि सचिवालय बैठक माग भएको थियो।

बैठकमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button