नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक आज अपराह्नका लागि तय भएको थियो ।

संसद्मा संविधान संशोधन प्रस्ताव पेस हुने भएकाले अन्तिम समयमा बैठक स्थगित भएको बताइएको छ । सचिवालय बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची थियो । एमसीसी प्रस्ताबारे नेकपा विभाजित छ ।

नेकपा सचिवालय बैठक स्थगितमुद्दा पेचिलो बनेपछि गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको संयोजकत्वका कार्यदल गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित रहेर आज छलफल हुने कार्यसूची तय गरिएको बैठक स्थगित भएको छ ।
फाइल तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button