नेकपा स्थायी कमिटीको बैठक सकियो, स्थायी कमिटी ५ पुस र केन्द्रीय कमिटी बैठक बैठक १० पुसमा

काठमाडौं । सत्तारुढ दल नेकपा स्थायी कमिटीको बैठक भर्खरै सकिएको छ ।

नेकपाको अर्को स्थायी कमिटीको बैठक ५ पुस गते बस्ने छ । यस्तै, केन्द्रीय कमिटीको बैठक १० गतेका लागि बोलाइएको छ ।

आजको बैठक स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरुले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्‌बाट कुनै निर्णय नभएको प्रस्टोक्ति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button