नेपालमाथि अमेरिकाको दबाबपूर्ण कूटनीतिक धम्की सहन नहुने : चीन

बिशु गुरुङ / ललितपुर । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा एमसीसीको बिषयलाई लिएर नेपालमाथि अमेरिकाको दबाबपूर्ण कूटनीतिक धम्की सहन नहुने बताएको छ ।
शुक्रवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रबक्ता वाङले नेपाललाई अमेरिकाले फेब्रुअरी २८ सम्ममा एमसीसी अनुमोदन गर्न कूटनीतिक धम्की दिन शुरु गरेकोले उक्त धम्की सहन नहुने बताएको हो ।
अमेरिकाले एमसीसी परियोजना लिनका लागि दबाब दिइरहेको भन्ने समाचारबारे उनले उक्त गर्दै टिप्पणी गरेका हुन् ।
नेपालमा एमसीसीको बिषयलाई लिएर उग्र प्रदर्शन र बम आतंक नै शुरु भएपछि नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।
नेपालको आर्थिक विकासमा योगदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने वाङको भनाइलाई चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले प्रकाशित गरेको छ ।