नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक, शुक्रबार थप २९०९ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप २ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप २ हजार ९ सय ९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २९ घण्टामा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

कोरोना पोजेटिभ देखिएकामध्ये हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५ सय जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर अहिले ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button