नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २५ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नाघेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १६ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ७४ जना पुगेको छ ।