नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजार १ सय ६५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार १ सय ७३ जना संक्रमण मुक्त भएका प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या देशभर गरी ३८ हजार ६ सय ९७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर गरी ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट देशभर गरी हालसम्म मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

नेपालमा पहिलोपटक गत माघमा कोरोना भाइरसको संक्रमण फेला परेको थियो । त्यसयता हालसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये ५४ हजार १ सय ५९ मा कोरोना देखिएको हो । जसमध्येका ३८ हजार ६ सय ९७ जना संक्रमण मुक्त भएका हुन् भने ३ सय ४५ जनाको मृत्यु भएको हो ।

देशभर हाल १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार कोरोना संक्रमणको आशंकामा अझै पनि ६ हजार ५ सय ३६ जना देशका विभिन्न ठाउँमा गरी क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button