नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button