नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको हो।

‘पौष महिनामा संकलित जम्मा ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु एस जिन नेगेटिभ आएको थियो। एस जिन नेगेटिभ पत्ता लागेको २४ स्याम्पलहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।’ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ।

सरकारले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने बिरामीको चापलाई मध्यनजर गर्दै अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरूको जोहो गरी तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिएको छ। यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button