नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ३६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।