नेपालमा पनि ख्रीष्टियन आइडलको आयोजना हुने

निरोज तोलाङे, ललितपुर । एल् -सदाई चर्चका पास्टर सुबास सुब्बाले नेपाली ख्रीष्टियन युवाहरूभित्र रहेको बरदानलाई माथि उठाउनका लागि नेपाल ख्रीष्टियन आइडलको आयोजना गर्न आफूहरू जुटिरहेको बताउनु भएको छ ।
ललितपुरस्थित एल् -सदाई चर्चमा आफ्नो नयाँ योजना सार्वजनिक गर्न नेपाली ख्रीष्टियन मिडियाकर्मीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा उपस्थित ख्रीष्टियन मिडियाकर्मीहरु

कार्यक्रममा उहाले देशमा एकता र मिलापको ठुलो महाअभियान चलिरहेको बेला ख्रीष्टियन समुदायभित्र नै एकता र मिलाप नहुनुले आफु स्वयमलाई निकै दुःखित तुल्याएको बताउनुभयो । उहाँले जबसम्म मनभित्रको फोहोर, व्यक्तिगत स्वार्थ, डाह, रिस, द्धोषारोेपण, हिठिपन र घमण्ड लगायतका कुराहरुले व्यक्तिभित्र बास गर्छ त्यो सफा हुँदैन र रुपान्तरित हुँदैन भने चिप्ला भाषण गर्दैमा एकता नआउने तर्सथ आफु व्यक्तिगत रुपमा यस्तो नाजुक अबस्थाबाट नेपाली ख्रीष्टियान समुदायबिचको एकता र मिलापको महाअभ्यासको अभियान शुरुवात गर्न लागको बताउनुभएको हो ।

मन्तव्य दिने क्रममा अधिकाशं ख्रीष्टियन मिडियाकर्मीहरुले अहिलेको समयमा एकताको अपरिहार्यता रहेको र एकता र मिलापको लागि व्यक्तिगत र आ-आफनो मिडियाबाट सक्रिय भूमिका निर्वाह गरेपनि एकताको साँचो अनुभव गर्न नपाएकोले पेशागत रुपमा अब कडा रुपमा कलम चलाउन तयार रहेको बताउनुभयो । अधिकाशं वक्ताहरुले  नेपाली ख्रीष्टियन समुदायमा एकताको लागि सबैले आ–आफ्नो ठाउँबाट प्रार्थनाका साथसाथै सक्रिय भूमिका खेल्नु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । साथै कार्यक्रममा पास्टर सुब्बाले वर्तमान समयमा नेपाली ख्रीष्टियनहरूले भोगिरहेको चिहानको समस्यालाई सम्बोधन गर्न निकट भविष्यमा चिहानको लागि जग्गा खरिद गर्न लागिएको समेत जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button