नेपालले कालापानी क्षेत्रबारे पाठ्यक्रम बनाएपछि भारतमा हल्लीखल्ली
पुस्तक तत्काल वितरण नगर्न सरकारको निर्देशन

काठमाडौं । नेपालले विद्यालय तहमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरी कालापानी, लिपुलेक, लिम्पियाधुरासहित देशको भूभाग र सीमासम्बन्धी विषय समेटिएको पुस्तक सार्वजनिक भएपछि भारतमा हल्लीखल्ली मचिएको छ ।
मूलधारका भारतीय मिडियाहरुले ‘भारतीय भूभागलाई नेपालले आफ्नो कितावमा ‘चित्रण’ गरेको’ भन्दै समाचार प्रकाशन गरेका छन् ।
टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा लेखेको छ– नयाँ राजनीतिक नक्सा जारी गरेको ३ महिनापछि नेपालले आफ्नो किताबमा पनि उत्तराखण्डको पिथौरागढलाई आफ्नो भू–भाग भनेको छ ।
टाइम्स अफ इण्डियाको उक्त समाचारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको कार्यालयले उक्त कुराको पुष्टि गरेको बताइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको भूभाग र सीमासम्बन्धी सत्यतथ्य जानकारी दिन भन्दै ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक तयार पारेको थियो ।
उक्त पुस्तक शिक्षामन्त्री पोखरेलले भदौ ३१ गते भर्चुअल माध्यमबाट सार्वजनिक गरेका थिए ।
पुस्तक तत्काल वितरण नगर्न सरकारको निर्देशन
शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सीमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको हो ।
नयाँ पुस्तकमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्गकिलोमिटर भएको उल्लेख गरिएको जनाउँदै भारतीय सञ्चारमाध्यमले ४ सय ६० वर्गकिलोमिटर क्षेत्रफल कालापानी क्षेत्रको भएको दाबी गरेका छन् ।
नेपालले विद्यालय तहमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरी कालापानी, लिपुलेक, लिम्पियाधुरासहित देशको भूभाग र सीमासम्बन्धी विषय समेटिएको पुस्तक तत्कालका लागि वितरण नगर्न सरकारले निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको भूभाग र सीमासम्बन्धी सत्यतथ्य जानकारी दिन भन्दै ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक तयार पारेको थियो ।
उक्त पुस्तक शिक्षामन्त्री पोखरेलले भदौ ३१ गते भर्चुअल माध्यमबाट सार्वजनिक गरेका थिए ।
शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग र सीमानासम्बन्धी जानकारी दिने उद्देश्यले प्रकाशन गरेको हो ।
तर उक्त पुस्तकमा प्रयोग भएका कतिपय शब्दहरु कुटनीतिक मान्यता अनुसारका नभएको, थप भएको क्षेत्रको क्षेत्रफल लगायतका विषय नमिलेको भन्दै सम्बन्धित मन्त्रालयले टिप्पणी गरेको भन्दै सरकारले उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको उर्जामन्त्री वर्षमान पुनले बताए ।
परराष्ट्र मन्त्रालयले कुटनीतिक भाषाको र भूमी व्यवस्था मन्त्रालयले क्षेत्रफलको विषयमा आपत्ति जनाएपछि सरकारले वितरण नगर्न निर्देशन दिएको उनले बताए ।
नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर रहेको छ । नयाँ पुस्तकमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्गकिलोमिटर भएको उल्लेख गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार हालसम्म उक्त पुस्तक ५ सयप्रति छापिएको छ । १ सय १० पृष्ठ लामो पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको छ ।