नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८ सय ५५ जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरी ११ हजार ३ सय २७ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button