नेपाल आइडल–४ को उपाधि जिते भुपेन्द्रले

भैरहवा, ६ चैत । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् ।
एपी वान टेलिभिजनबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । उनीसँग ५ जना प्रतिस्पर्धी थिए ।
हिजो शनिबार साँझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन् ।
थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुगेका थिए । भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौ भए ।