नेपाल ट्रक कन्टेनर ढुवानी सेवाबाट पूर्वमन्त्री बस्नेतलाई सम्मान

रातोपाटीन्यूज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतलाई बुधबार नेपाल टक्र कन्टेनर ढुवानी सेवा लिमिटेड लोकन्थलीले सम्मान तथा बधाई प्रदान गरेको छ । उक्त लिमिटेडका पदाधिकारीहरुको सहभागितामा पूर्व मन्त्री बस्नेतलाई सम्मान गरिएको हो ।

ढुवानी सेवा लिमिटेडका सचिव सुवास तिमल्सिनाले तातोपानी नाका अहिले पनि पूर्ण रुपमा संचालनमा नआएको, नाकामा ढुवानी सेवामा एकाधिकार गरिएको हुदाँ नाका पूर्णरुपमा संचालनका लागि नेपाल सरकारसंग पहलकदमी गर्न, ढुवानी सेवामा एकाधिकार हटाउनका लागि सहजीकरण गरिदिन पूर्व मन्त्री बस्नेतलाई बधाई र सम्मान गरिएको बताउनु भयो ।

उक्त लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पबाट अहिलेसम्म उक्त नाकालाई चीन सरकारले मनमौजी रुपमा खोल्ने र बन्द गदै आईरहेको छ । अहिले आँशिक रुपमा मात्रै सो नाका संचालनमा छ । त्यसकारण तातोपानी नाकामा आबद्ध ठूला तथा साना ब्यापारी, ब्यबसायी, मजदुर, झोलेपोके ब्यापारी सबै बिस्थापित भएका छन् । उनीहरु मध्य कतिपय पेशाबाट पलायन भएका छन् ।

सो लिमिटेडका प्रबन्ध निर्देशक कृष्ण क्षेत्रीले पहिला कै अबस्थामा नाका संचालनका लागि काँग्रेस केन्द्रीय सदस्य बस्नेतले केन्द्रीय सरकारसंग पहल गरिदिन र ब्यबसायीका माग सम्बोधन गर्न पहल गरिदिनका लागि आग्रह गरिएको बताउनु भयो ।

बधाई तथा सम्मान ग्रहण गर्दै काँग्रेस केन्द्रीय सदस्य बस्नेतले तातोपानी नाका पूर्ण रुपमा संचालन गर्न, नाकामा ढुवानी सेवाको एकाधिकार तोडन् लाग्ने पदाधिकारी समक्ष बचनबद्धता गर्नु भएको थियो ।

अहिले तातोपानी नाका आँशिक रुपमा मात्रै आयात छ भने निर्यात भने आठ बर्षदेखि ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button