नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ ।

झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button