नेपाल श्रमिक कल्याण संगठनको केन्द्रिय कार्यालय उद्धघाटन

काठमाण्डौँ । नेपाल श्रमिक कल्याण संगठनको केन्द्रिय कार्यालय उद्धघाटन गरिएको छ ।

जनजागरण पार्टी नेपालको मजदुर भातृसंगठन नेपाल श्रमिक कल्याण संगठनको केन्द्रिय कार्यालय आइतबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो ।

नेपाल श्रमिक कल्याण संगठनको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि जनजागरण पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा. वि.पी. खनालले सो कार्यालयको उद्धघाटन गरेका हुन् ।

संगठनका अध्यक्ष अमर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय तथा संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय अध्यक्ष डा. खनालले भन्नुभयो, “भाषण गर्ने नेताको अभाव छैन्, अभाव काम गर्नेहरू को हो र हामी काम गर्न चाहान्छौँ” ।

कार्यक्रममा संगठनका अध्यक्ष अमर लिम्बुको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको संगठन महासचिव मोहम्मद सतारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button