नेप्से परिसुचक दुई दिनमै १६८.२७ अंकले घट्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रुप’ भनेपछि घट्दो नेप्से परिसुचकमा आज पनि भारी गिरावट आएको छ।
विगत केहि हप्ता देखि नै तरलता अभाव, ब्याजदर बढ्ने हल्ला लगायतले सेयर बजारमा गिरावट आइरहँदा प्रचण्डको पछिल्लो अभिव्यक्तिले लगानीकर्तालाई झन् ‘प्यानिक’ बनाएको हो।
हिजो ८८ अंकले घटेको नेप्सेमा आज ८० अंकले गिरावट आउँदा परिसचुक २२८२.०० को बिन्दुमा बजार बन्द भएको छ। यस दिन नेप्सेका सबै उपसुचक राताम्य छन। ‘प्यानिक सेल’ आउँदा दिनभरीमा आज करिब ४ अर्बको कारोबार भएको छ।
यी हुन सबै भन्दा धेरै गुमाउने २० कम्पनी