आधारभूत स्वास्थ्य सेवा केन्द्र बसेरीलाई दुई लाख बढीको औषधी सहयोग
रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ का काँग्रेस नेता रमेशकुमार श्रेष्ठको पहलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र बसेरी टोप्कालाई दुई लाख बढीको औषधी सहयोग गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको निर्देशनमा उक्त औषधी जनताका लागि बितरण गर्न स्वास्थ्य सेवा केन्द्रलाई शनिबार सहयोग गरिएको इकाई पूर्व सभापति समेत रहेका श्रेष्ठले जानकारी दिनु भएको हो । स्वास्थ्य सेवा केन्द्र बसेरीलाई मल्टीभिटामिन, छालाजन्य रोगका औषधी सहयोग गरिएको छ ।
सो औषधी बितरण गर्न बलेफी गाउँपालिका उपसभापति रामकुमार श्रेष्ठ, रामकृष्ण पराजुली, काँग्रेस नेता जयराम पराजुली, कृष्णप्रसाद पराजुली, पत्रकार चित्र मिजार लगायत दुर्गम गाउँ बसेरी, टोप्का पुगेका थिए । उक्त टोलीले बसेरी, टोप्काका नागरिकसंग भेटवार्ता पनि गरेका थिए ।