नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई थप ६ वर्षको जेल सजाय

काठमाडौं । सैन्य शासनकोविरुद्धमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाइएको छ।

आज सोमबार ताव जेलको विशेष अदालतले सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको हो। बीबीसीका अनुसार यसपटक भ्रष्टाचारको दुई मामिलामा उनलाई ३–३ गरेर ६ वर्षको जेल सजाय सुनाएको हो।

यसअघि ७७ वर्षकी नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई ६ मामिलामा दोषी पाइएको भन्दै ११ वर्षको जेल सजाय सुनाइएको थियो।

प्रजातन्त्रको पक्षधरहरुले सैन्य शासकका यस्ता निर्णयलाई सत्तामै टिकिरहने उपायको रुपमा बुझेका छन्।

सन् २०२१ को फेब्रुअरी १ यता म्यान्मारको सत्तामा सेना छन्। देशका उच्च पदका अधिकारीहरुलाई नजरबन्दमा राख्दै सेनाले सत्ता हत्याएका थिए।

एक वर्षपछि चुनाव गराएर देश बहुमत ल्याउने पार्टीलाई हस्तान्तरण गर्ने सेनाले बताएता पनि उसले निरन्तर प्रजातन्त्र पक्षधरलाई जेल सजाय बढाउँदै लगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button