न्याय परिषदद्वारा विशेष अदालतका लागि ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौँ– विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरूको नाम सिफारिस गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरूको नाम सिफारिस गरेको हो ।

परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका उच्च अदालत पाटनमा दरबन्दी भई हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्न सिफारिस गरेको छ ।

त्यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारुको नाम सिफारिस गरिएको छ ।

गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ न्यायाधीशको सरुवा भएसँगै विशेष अदालत खाली भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button