न्यू सदाबहार युवा क्लब बिजयी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । क्षमादेवी ग्रुप सिन्धुपाल्चोक ‘ए’ डिभिजन जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू सदाबहार युवा क्लब खाडीचौर बिजयी भएको छ । उसले साँगाचोक युथ क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघका महासचिव शक्ति श्रेष्ठका अनुसार बिजेता टीम न्यू सदाबहार युवा क्लबलाई एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार, प्रमाणपत्र,टर्फी, शील्ड, मेडल प्रदान गरिएको छ । त्यस्तै उपबिजेता टीम साँगाचोक युथ क्लबलाई ५५ हजार ५५५ रुपियाँ पुरस्कार, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

फेयर प्ले अवार्ड चौतारा स्पोटिङ क्लब, सर्वाधिक गोलकर्ता न्यु सदाबहार युथ क्लब, सुजन माझी, उत्कृष्ट रक्षक साँगचोक युवा क्लबका सन्दीप ठकुरी, उत्कृष्ट गोलरक्षक न्यू सदाबहारका निश्चल श्रेष्ठ, बेष्ट मिडफिल्डर साँगाचोकका नवीन गिरी, बेष्ट स्ट्राइगर न्यू सदाबहारका सुजन माझी, मष्ट भ्यालुएवल प्लेयर अफ द टुनामेन न्यु सदाबहारका आकाश लामा, म्यान अफ द म्याच न्यु सदाबहारकै बिशाल लामा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंह, मानार्थ उपाध्यक्ष (एन्फा) शिक्षित पराजुली, केन्द्रीय सदस्य (एन्फा) उत्तम भण्डारीले पुरस्कार बितरण गर्नु भएको थियो । उक्त प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानीय तहका आठ वटा क्लबहरुले खेल खेलेका थिए ।

जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठले योङग जेनेरेशन क्लब, साँगचोक युवा क्लब, चौतारा स्पोटिङ क्लब, लामोसाँघु फुटबल क्लब, राइजिङ युथ क्लब, न्यु सदाबहार युवा क्लब, जेनेरेशन युवा क्लब र कालिका त्रिशक्ति युवा क्लबले प्रतियोगितामा खेल्ने जानकारी दिनुभयो ।

प्रत्येक खेलमा सहभागी भई बिजयी हुने टीमलाई तीन हजार टोकन मनी उपलब्ध गराइएको थियो । प्रतियोगितामा सहयोग बलेफी गाउँपालिका, ब्ल्याक आवेर्स, प्राबिधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button