न झुक्छौँ न बहकिन्छौँ, राष्ट्रहितलाई ध्यान दिन्छौँ: अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादीले आउँदो बुधबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न छलफल गरिएको छ।
काठमाडौंमा सोमबार बसिरहेको पोलिट्ब्युरो बैठकमा २५ फागुन बुधबार बस्ने बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ। एकीकृत समाजवादी राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्ने र सोहीअनुुसार निर्णय हुने उनले बताए।
‘एकीकृत समाजवादी न झुक्छ न बहकिन्छ, राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्छ,’ प्रवक्ता खतिवडाले भने।