पत्रकार भीम लामा समाजवादी प्रेस संगठन काठमाडौंको अध्यक्षमा चयन

काठमाण्डौं । समाजवादी प्रेस संगठन नेपाल काठमाण्डौंको अध्यक्षमा भीम लामा चयन भएका छन् । शनिबार काठमाण्डौंमा भएको पत्रकारहरुको भेलाले लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको हो ।
समितिका उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा लक्ष्मी चौलागाई, सचिव योगेन्द्र चौलागाई, सह सचिवहरु रुपचन्द्र महर्जन र समावेशी सह सचिव गणेश वि.क. कोषाध्यक्ष सुजन पाख्रिन र सदस्यहरुमा मेनुका कार्की, सुसन भट्टराई, बद्री चौलागाई, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, रामचन्द्र रम्तेल, यमन मुन्देल र डिक श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका उप महासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि जगन्नाथ खतिवडाले समाजवादी प्रेस संगठन प्रगतिशिल र देशभक्तहरुको साझा र स्वतन्त्र संगठन भएको भन्दै बिद्रोह गर्न आँट हिम्मत र एजेण्डा चाहिन्छ त्यसको लागि अपार धैर्यता र सुमधुर सम्बन्ध स्थापित गर्नु आजकोे आवश्यकता भएको बताए ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठले हालसम्म पनि प्रतिगमन नसकिएको भन्दै उद्देश्य सहितको पत्रकारिता जरुरी भएको बताए । समाजवादी प्रेस संगठनले देशैभरीका जिल्ला प्रदेश, क्षेत्रीय तथा उपत्यकाका भेला सकेर आउँदो फागुन ७ गते राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको छ ।
काठमाण्डौं उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर मध्य भत्तपुर र ललितपुरको जिल्ला भेला यसअघि सम्पन्न भइसकेका छन् ।
श्रमजिवी पत्रकारहरुका लागि स्थापित भएको समाजवादी प्रेस संगठन नेपाल एकीकृत समाजवादी पार्टी निकट सञ्चारकर्मीहरुको प्रगतिशील संगठन हो ।