पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

काठमाडौँ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ ।

महासंघको ६४औँ स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने उक्त स्वास्थ्य शिविरमा मृगौला, दन्त परीक्षण र रक्त संकलन गरिने छ ।

महासचिव रोशन पुरीका अनुसार अपरान्ह १२ बजे होटल एभरेष्टमा ‘पत्रकार तथा सञ्चार माध्यममा कोभिड–१९ को प्रभाव’को विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button