पत्रकार मिश्र समाजवादी प्रेस संगठन ललितपुरको अध्यक्षमा चयन

९ मंसिर, ललितपुर । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीको अध्यक्षमा सौगात मिश्र चयन भएका छन् ।

विहिवार ललितपुरमा सम्पन्न संगठनको जिल्ला कमिटिको घोषणा सभाले मिश्रको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्ला कार्यसमितिको कोषाध्यक्षमा राजेश पन्त, सचिवमा केशव प्रसाद बजगाँई, सह–सचिवमा थोमस बोगटी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन कुमार श्रेष्ठ, संजय वर्माशाखा, छाँया नेपाल लगायतका रहेका छन् । जिल्ला कार्यसमितिको पूर्ण आकार केही दिन मै दिने गरी ललितपुर कार्यसमितिको गठन गरिएको अध्यक्ष मिश्रले जानकारी दिए ।

संगठनका केन्द्रीय संयोजक शम्भु श्रेष्ठको प्रमुख आतिथ्यता र उपत्यका संयोजक सविन शर्माको सभापतित्वमा सम्पन्न घोषणा सभामा संगठनका संस्थापक केन्द्रिय नेता विश्वमणि सुवेदी, उपत्यका प्रदेश कमिटीका ईन्चार्ज शान्ताराम बिडारी, पार्टीका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापा, संगठनका केन्द्रिय सदस्यहरु र जिल्लामा क्रियाशिल पत्रकारहरु लगायतको सहभागिता थियो ।

जिल्ला कमिटीहरु बिस्तारको क्रममा रहेको समाजवादी प्रेस संगठनको ललितपुर जिल्ला कार्यसमितिको गठन पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button