पर्यटनमन्त्री आलेले पशुपति धर्मशालामा बतासद्वारा सञ्चालित होटल निरीक्षण गर्दै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।

पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले आज विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button