पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित भएका छन्।
बिरामी भएपछि आज उनले पीसीआर परीक्षण गराएका थिए। नतिजा पोजेटिभ आएको हो।
उनले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिएका छन।
उनले लेखेका छन्, ‘गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ।
हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो।
आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन्।
केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र?’