पल शाह पुर्पक्षका लागि जेल चलान

काठमाडौँ, १० चैत । अभिनेता पल शाहलाई नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।
तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतको आदेशसँगै पललाई जिल्ला कारागार तनहुँ पठाइएको छ ।
मतियारका रुपमा रहेका शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख धरौटी माग गरेर रिहा गरिएको छ ।