पाँचौ माडी क्रिकेट प्रतियोगिताः कलैया क्रिकेट क्लब बीरजंग बिजयी हुँदै सेमीफाइनल प्रवेश

चितवन । माडीको बसन्तपुरमा जारी पाँचौ माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको तेश्रो दिनको खेलमा कलैया क्रिकेट क्लब बीरजंग बिजयी हुँदै सेमीफाइनल प्रवेश गरेको छ ।

शनिबार सम्पन्न खेलमा टस जितेर पहिलो व्याटिङ रोजेको वीरगञ्जले निर्धारित २० ओभरको खेलमा २६५ रनको योगफल बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको सेन्ट्रल कलेज क्रिकेट क्लब भरतपुर १६ ओभरमा अलआउट हुँदै १३४ रनमै समेटिएको हो ।

खेलको म्यान अफ द म्याच बीरगञ्जका छोटु सिंह र गेम चेन्जर वीरगञ्जकै अंशु मिश्र घोषित हुनुभयो । प्रतियोगिता अन्तर्गत आइतवार मिक्समाण्डु काठमाडौं र माडी-११ क्रिकेट टीमबिच खेल हुनेछ ।

प्रतियोगिताका बिजेताले नगद रु २ लाख र उपविजेताले नगद १ लाखका साथै शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button