पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पाटनका २९ वर्षीय युवक, जलेश्वरकी ६२ वर्षीया महिला र भैरहवाका ५७ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार भैरहवाका पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो।

पाटनका युवक र भैरहवाका पुरुष मिर्गौलाका बिरामी थिए भने जलेश्वरकी महिलामा रगतमा समस्या रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button