पाणिनी उद्यान जितगढीको साधारणसभा तथा अधिवेशन

बुटवल, २८ फागुन । पाणिनी उद्यान जितगढीको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन बुटवल–१३ बेलवासमा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
उद्यानका अध्यक्ष ऋषि आजादले साधारण सभामा प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरि सर्वसम्मतले पारित गरेको छ । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै पुनले पाणिनी उद्यान जितगढीको विकासका लागि सक्दो सहयोग गर्ने बताए । उक्त कार्यक्रममा अध्यक्ष ऋषि आजादले पाणिनी उद्यान जितगढीको प्रवेशद्वारमा गेट निर्माण गरेका छन् । आफ्नो आमा मनकला आचार्यको स्मृतिमा करिब डेड लाख लगानीमा मनलिला प्रवेशद्वार निर्माण गरिएको छ । उक्त गेटको शनिबार प्रमुख अतिथि पुनले रिबन काटेर उद्घाटन गरेका छन् । त्यस्तैगरी उनले आफ्नो आमाको स्मृतिमा अहिलेसम्म भएका जातीय विभेदको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले संकल्प गरेका छन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १५ का दलित महिला जनप्रतिनिधिहरु सरस्वती परियार र अञ्जली गोतामे तथा सन्चारकर्मी कृष्ण रणपाललाई सम्मान स्वरुप अविर र माला लगाई संस्कृति विद राजेन्द्र कुमार आचार्यले बाचन गरी आजैदेखि ऋषि आजादले विभेदलाई संकल्पका माध्यमबाट अन्त्य गरेका छन् ।
कार्यक्रममा बोल्दै वडा नं. १३ की जनप्रतिनिधि सरस्वती परियारले २१ औं शताब्दीमा पनि नेपाली समाजमा जातीय विभेदको जालो नहटेको बताउँदै सामाजिक अभियान्ता ऋषि आजादले गरेको विभेदको अन्त्यले सबैले व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताईन् । बुटवल नगरपालिकाका पुर्व नगर प्रमुख पुनाराम पोख्रेलले नेपाली समाजमा २१ औं शताब्दीमा पनि जातीय विभेदले जरो गाडेको अवस्थामा यस्ता कार्यक्रमले जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न सबैलाई झकझकाउने सन्देश दिने बताए ।
कार्यक्रममा नेकपा एमालेका बुटवल नगर कमिटी उपाध्यक्ष शोभाखर पोख्रेल, नेकपा माओवादी केन्द्र वडा नं. १३ का राजेन्द्र पाण्डे, नेकपा एमाले नगर कमिटी सदस्य दीपक पन्थी, समाजसेवी तथा उद्यानका तर्फदेखि शंकरप्रसाद भट्टराई, जितेश्वरी सामुदायिक वन उपभोक्ता समितिका सचिव नेतन गुरुङलगायतले बोल्दै जितगढीको विकासमा सबैको सहयोग आवश्यक हुनुपर्ने बताए ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दैछ । संस्थाका उपाध्यक्ष क्या. हेम बहादुर रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन पुनाराम घिमिरेले गरेका थिए ।