पार्टी विभाजनको खतरा निम्तियोः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताभन्दा पहिलेको आवद्धताका आधारमा समीकरण बनाएका कारण नेकपामा विभाजनको खतरा बढेको बताएका छन्।

‘एकताकावेला गरिएको सहमतिविपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’

नेकपामा केहि दिनयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको छ ।

यसअघिको विवादमा युद्धबिराम भएको भएपनि यसपटक पार्टी एकता गम्भीर मोडमा पुगेको नेताहरुले बताएका छन् । यसअघि महासचिब विष्णु पौडेल र प्रवक्ता नारायणकाजीले पार्टी एकता गम्भीर मोडमा पुगेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button