पाल्पामा पहिरोले घर पुरिँदा गर्भवती महिलाको मृत्यु, ५ जना बेपत्ता

तानसेन । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ को छुट्टा–छुट्टै स्थानमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ५ जना व्यक्ति बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ज्यान गुमाउनेमा गर्भवती महिला पनि छन् ।

रम्भा गाउँपालिका–२ सुरुङडाँडाका वीरबहादुर गाहाको घर पहिरोले पुर्दा उनकी २७ वर्षीय श्रीमती मोतिसरा गाहाको घटनास्थलमै मृत्यु भएको हो । मोतिसरा ८ महिनाकी गर्भवती रहेकी जनाइएको छ ।

पहिरोमा पुरिएका वीरबहादुरका छोरा, छोरी र भान्जी गरी ३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । यस्तै, रम्भा गाउँपालिका–२ कै फोक्सिङकोटमा पहिरोले पुरिएर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

फोक्सिङकोटका हुम्मबहादुर गाहाको घर पुरिँदा हुम्मबहादुरसहित उनकी श्रीमत धनिसरा, छोरी कृष्णमाया, नातिनीहरु खुविसरा र लक्ष्मी आले बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीले पहिरोले बगाएर बेपत्ता भएका सबैको खोजी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button