पीजी तहको एकीकृत प्रवेश परीक्षा स्थगित

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ।
आयोगले यसअघि आगामी २७, २८, २९ असोज गरी तीन दिनसम्म परीक्षा लिने तयारी गरेको थियो । तर आयोगले एक सूचना जारी गर्दै अर्को सूचना नआउदासम्म स्थगित भएको जनाएको छ ।
सर्वोच्चले परीक्षा सम्वन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले सोही अनुसार परीक्षाको कार्यक्रम स्थगित गरेको जनाएको छ ।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।
यसपटक परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।