पीडित पुरुष

पुरुष प्रदान देशमा महिला अधिकार को-कुरा गर्दै गर्दा, र अहिले बढदै गरेको डिभोर्स देख्दा, हाम्रो देशको नागरिक आफ्नो बाल बच्चाको रोजि रोटीको लागि काम गर्न बिदेशी भुमिमा बाध्यताले गएका हुन्छन तर दुख गर्न गएका श्रीमानहरुलाई नेपालमा बसेका श्रीमतीले धोका दिएको भिडियोहरु सोसल मिडियामा धेरै आउन थालेको छ त्यति मात्र होइन कि झुठो रेप केशहरुमा पनि धेरै निर्दोषीहरुलाई फसाएको भिडियोहरु धेरै देख्न थालिएको छ, अहिलेको अवस्था कस्तो छ भने पुरुष पीडित भएर पनि पीडित हुँ भन्न सामाजिक अप्ठ्यारो छ ।
उनीहरू आफ्नो कुरा खुलेर बाहिर ल्याउन सक्दैनन्, जसको कारणले उनीहरू भित्रभित्रै पिल्सिएर बाँच्न बाध्य छन् । र, मानसिक बिरामी हुँदै उनीहरू आत्महत्या गर्नसम्म बाध्य भएका छन् महिला अधिकारका विषयहरूमा धेरै बहस भएका छन् । धेरै छलफल भएका छन् । कुनै महिलालाई अप्ठ्यारो परे महिला अधिकारको कुरा जोड बलले उठ्छ, उठ्नु पनि पर्छ ।
हामी महिला पुरुष समान अधिकारको भागेदारी हो, हाम्रो समाजमा धेरै राम्रो मानिसहरु छन र धेरै नराम्रो मानिसहरु पनि छ्न यो भित्र महिला पुरुष दुबै पर्छ्न, त्यसैले कानुन अनुसार दुबैको अदिकार बराबरी हुनु पर्छ,। अझै भन्नुनै पर्दा त महिला, दलित, जनजाति, अल्पसंख्यक सबैलाई संविधानमै हकअधिकार सुनिश्चित गराई सकेको छ त्यो भित्र ३३% त माहिला अनिवार्य छ, भनी अब अरु अधिकारको संङ्ग माग्ने ! कि पुरुष संङ्ग अधिकार पुगेन भनेर सदै रोइलो मात्र गर्ने त ! होइन हामीले पाएको ३३% अधिकार देशको हरेक निकायमा पद प्रतिष्ठान देखि सरकारी निकाय देखि राजनीति र समाजिक सबै क्षेत्रमा ३३% महिलाको स्थान कार्यन्वयन हुनुपर्छ भन्ने कुरामा लागौन हामी महिलाहरु।, पुरुषको खैरो खनेर बिरोध मात्र गर्दागर्दै हामीले झन कमजोरी देखाउनु भन्दा सिबाय अरु केही हुन्न जस्तो लाग्छ ।
मेरो विचारमा पुरुषले दुख दियो भनी महिलाले तुरुन्तै डिभोर्स दिन्छु भन्दा कानुनमा सजिलो संङ्ग सुन्नाई हुने ब्यबस्था छ भनी पुरुषलाई पनि दुख दियो भनी त्यहि बराबर कानुन लागू हुनुपर्छ जस्तो लाग्छ, नत्र सोसल मिडियामा पुरुषहरु रोएको र पीडा पोखेको भिडियोहरु धेरै आउन थाले।,
हामी आफू रमाउन सुख लिन पाएको अधिकार राम्रो कार्यको लागि सदुपयोग गरौ र नराम्रो क्रियाकलापको लागि पाएको अधिकार दुरुपयोग गरेर कोहि कसैको अधिकार हनन् नगरौ। ।। जय होस जय नेपाल, ।।
(लेखक: मसिना खड्का नेपाली काङ्ग्रेस बागमती प्रदेश कार्य समिती सदस्य हुनुहुन्छ)