पुजा र आकाश अभिनित ‘जब तिमी’ सार्वजनिक (भिडियो)

काठमाडौं– पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित ‘जब तिमी’ बोलको हृदयस्पर्शी म्युजिक भिडियो सार्वजनिक भएको छ।  बोनम्यारो फेल भएकी प्रेमिकाकाको कथालाई समेटेर तयार पारिएको यस भिडियोलाई दर्शक स्रोताले मन पराएका छन्।

गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ।

सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्। किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो। ओसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button