पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन आज हुँदै

काठमाडौं । पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन आज मध्याह्न १२ बजे हुने भएको छ ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button