पुल्चोकमा भएको प्रदर्शन नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना पोजेटिभ

काठमाडौं । मच्छिन्द्रनाथको रथ तान्ने सन्दर्भमा बिहीबार ललितपुरको पुल्चोकमा भएको आन्दोलन नियन्त्रणमा खटिएका १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार आएको परीक्षण रिपोर्टमा काठमाडौं उपत्यकाका ५६ जना प्रहरी कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । जसमध्येका १८ जना बिहीबार पुल्चोकमा भएको आन्दोलन नियन्त्रणमा सहभागी थिए ।

संक्रमण देखिने अन्य प्रहरी कर्मचारीमा महानगरीय प्रहरी परिसर काठामाडौंका १५ जना, महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का ८ जना र ट्राफिक महाशाखाका १५ जना छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाकै बीच बिहीबार ललितपुका केही स्थानीय युवाले मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेका थिए ।

सयौंको संख्यामा उपस्थित भएर रथ तान्न आएका स्थानीयलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी परिसर ललितपुर, प्रभाव पुल्चोक लगायतबाट प्रहरी परिचालित भएका थिए ।

तस्वीर– रुटिन अफ् नेपाल बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button