पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहको उद्घाटन पछि सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले आफ्नो पार्टी नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारे।नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको छ, अहिले पनि यही पक्षमा दृढ छ,’ उनले भने ।

पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचारले सबै सञ्चार माध्यमको विश्वसनीयता सङ्कटमा पर्दै जाने बताउँदै सत्यतथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button