पूर्वप्रधानमन्त्री नेपालद्वारा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको र्दुव्यवहारको निन्दा

६ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको र्दुव्यवहार गर्नेलाई कारवाही हुने बताउनुभएको छ ।

बरिष्ठ नेता नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै नेता पाण्डेमाथि अभ्रद व्यवहार गर्नेहरुमाथि कार्वाही हुने स्पष्ट पार्नुभएको हो ।
विज्ञप्तिमा नेपालले भन्नूभयो ‘‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने अनि गराउने जोसुकै भए पनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।

विकास आयोजनाहरुको अनुगमनका क्रममा नेता पाण्डे शनिबार गृहजिल्ला चितवन पुगेका हुन् । नेकपा राप्ती कमिटी चितवनले आयोजना गरेको कार्यक्रममा स्थानीय नेता–कार्यकर्तालाई सम्वोधन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले पाण्डेलाई र्दुव्यवहार गरेका थिए । सोहि र्दुव्यवहारका कारण नेता नेपालले घटनाको निन्दासमेत गरेका थिए ।

जारी विज्ञप्ति

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा जुन अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवंम् भत्र्सना गर्दछु ।
सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जोसुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button