पूर्वयुवराज शाहको मुटुमा समस्या, स्वास्थ्यमा क्रमिक सुधार

डिलकुमारी नेपाल, चितवन । चितवनमा रहेका पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएकाे छ।
चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगी सहित रहेका पुर्व युवराज पारस शाहको मुटुमा समस्या देखिन साथ चिकित्सकको टोलिले होटलमै पुगेर उपचार गराइएकाे हो ।
चितवन मेडिकल कलेजका प्राध्यापक बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. श्याम राज रेग्मीको नेतृत्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई रुममै राखेर उपचार गराएकाे छ।
हाल पारस शाहले आफुलाई केही सहज महसुस भएको बताएको र रुममै आराम लिईरहनु भएकोले अझ बढि नै स्वास्थ्यमा समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने डा. रेग्मीले जानकारी दिनुभयाे।
शाहमा मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाईएका कारण अरु समस्या अहिले नदेखिएकोले उहाँलाई यहि नै आराम हुने र उपचारका लागि जस्तोसुकै अवस्थामा पनि आफुहरु तयारी रहेको रेग्मीको भनाइ छ ।
होटलबाट चिकित्सकको टोली भने अहिले बाहिरिएको श्राेतले बताएकाे छ।