पूर्वी चितवनतर्फ जाँदै गरेको जिप दुर्घटना, सवारी चालक सामान्य घाइते

सविना घिमिरे, चितवन । बाटाे पिच गरेसंगै तीब्र गतिका कारण अनियन्त्रित भई माडीको कल्याणपुरमा बोलेरो गाडी दुर्घटनाग्रस्त भएको छ ।
बगहीँबाट तरकारी बोकी पूर्वी चितवनतर्फ जाँदै गरेको ना. ३६ च. २२६१ नम्बरको बोलेरो जिप तमुचोक नजिकै अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा चालकलाई सामान्य चोट लागेपनि अन्य मानवीय क्षती भने भएन् ।
हाल माडीको बाटो कालोपत्रे भएसंगै सवारी साधनहरुको गति अत्यन्त तीब्र हुनथालेकाले अनियन्त्रित भई दुर्घटना हुने क्रम बढेको छ।