पूर्वी लद्दाखमा चिनियाँ सेनाको मृत्यु सरकारी मिडियाद्वारा स्वीकार

काठमाडौं । चीनमा मिडियाहरु स्वतन्त्र छैनन्। जुनसुकै अखबार वा टिभी हुन यी सबैलाई त्यहाँको कम्युनिष्ट सरकारले नियन्त्रणमा राखेको छ।

उनीहरुले जे लेख्छन्/ छाप्छन् त्यो सबै चिनियाँ सरकारको एजेन्डा वा प्रोपोगाण्डा हुन्छ। यसमध्ये ‘गोल्बल टाइम्स’ अखबारलाई चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्रका रुपमा लिइन्छ।

भारत र चीनबीच सीमामा बढ्दो तनावका बीच पहिलोपटक उक्त मिडियाले आफ्ना सेनाको समेत ज्यान गएको स्वीकारेको छ। जुन १५ मा गल्वान भ्यालीमा दुई देशका सैनिकबीच संर्घष हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले आफ्नो तर्फ भएको क्षति अहिलेसम्म सार्वजनिक गरेको छैन।

गोल्बल टाइम्सले पनि चिनियाँ सेनाको मृत्युलाई यसअघि अस्वीकार गर्दै आएको थियो। पहिलो पटक उक्त मिडियाले चीन तर्फ पनि क्षति भएको स्वीकारेको छ।

उक्त पत्रिकाका प्रधानसम्पादक हू शिजिनले बिहिबार ट्वीटमा भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, जुन १५मा गल्वान भ्यालीमा २० भारतीय सैनिकको मृत्युको तुलनामा थोरै चिनियाँ सैनिक मात्र हताहत भए। कुनै पनि चिनियाँ सैनिकलाई भारतीय सेनाले नियन्त्रणमा लिन सकेनन् तर, धेरै भारतीय सैनिकलाई जनमुक्ति सेना(पीएलए)ले कब्जामा लिएको थियो।’

उनले एक स्क्रिन सर्ट सेयर गर्दै गल्वान भ्यालीको उक्त संघर्षबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसद बैठकमा बोलेको कुरा ‘फेक’ भएको पनि उल्लेख गरेका छन। भारतीय मिडियामा ६० चिनियाँ सैनिकको मृत्यु भएको भन्दै समाचार सार्वजनिक भएका थिए।

कयौं दशकपछि दुई देशबीच सीमामा भएको यो पहिलो घटना थियो। चीनले आफ्नो बयानमा कसैको मृत्यु भयो या भएन भन्ने बारे बताएको थिएन्। दुबै देशबीच सीमामा अझै पनि तनाव जारी छ।

बिहीबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखमा चीन विरुद्ध भारत कडा कदम चाल्न र जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button